सोमबार, मंसिर १, २०८२

हेमालथाको रेकर्डलाई ब्रेक गर्दै नृत्यमा बन्दनाको विश्व कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं -वन्दना नेपाल नृत्यमा नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका मूर्तिढुंगा–९ मा जन्मिएकी १७ वर्षीया नेपाल लगातार १२६ घन्टा नृत्य गरेर वर्ल्ड रेकर्ड कायम गर्न सफल भएकी हुन्। 

मंसिर ७ गते शुक्रबारबाट नेपाल लामो समयसम्म नृत्य गरेर विश्व कीर्तिमान कायम गर्ने उद्देश्यका साथ काठमाडौं बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिइन्। नेपाल फाउण्डेसनका सह–संयोजक सन्तोष लामाले बुधबार नेपालले लामो समयसम्म नाचेर विश्व कीर्तिमान राखेको घोषणा गरेका थिए।

नेपालले बुधबार दिउँसो ३ बजेसम्म १२६ घण्टा नृत्य गरेकी थिइन्। यस अघि यो कृतिमान भारतको केरलाकी कलामण्डलम हेमालथाको नाममा थियो। हेमालथाले सन् २०१० मा १२३ घण्टा १५ मिनेट नृत्य गरेर विश्व किर्तिमान कायम गरेकी थिइन्। नेपालको यो कृतिमानसँगै हेमालथाको कृतिमानमा ब्रेक लागेको छ।

बन्दना लामो समयसम्म नाच्दा नाच्दै मंगलबार राति एक बजे स्टेजमै ढलेकी थिइन्। तर उनले हिम्मत नहारी नाचेर देशलाई विश्वसामु चिनायरै छोड्छु भन्दै उठेर फेरी नाच्न थालेकी थिइन। 

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालले विश्व कीर्तिमान कायम गरेर नेपाललाई विश्व सामु चिनाउन ठुलो योगदान गरेको बताए। अब विश्वले नेपाललाई नेपाल मात्रै होईन, बन्दना नेपालको देश भनेर चिन्ने छ, नेपालले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्