शुक्रबार, पुस ४, २०८२

डलरको भाउ अहिलेसम्मकै उच्च

 |  मंगलबार, मंसिर ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ५, २०८०

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

National life

आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ। आज एक डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१७ रुपैयाँ र बिक्री दर ८७.५६ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ०० पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ३० पैसा र बिक्री दर १० रूपैयाँ ३५ पैसामा खरिदबिक्री गर्न सकिनेछ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ र बिक्री दर ३५.६४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६३ रुपैयाँमा कारोबार गरिनेछ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.६७ पैसा र विक्रीदर ४३३.६२ पैसामा कारोबार हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2023| 11:20 मंगलबार, मंसिर ५, २०८०
प्रतिक्रिया दिनुहोस्