सोमबार, वैशाख १४, २०८३

झिनो अंकले बढ्यो नेप्से

 |  सोमबार, मंसिर ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ४, २०८०

काठमाडौं- तिहार र छठपछि आज खुलेको सेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ।     

National life

आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता सेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा रू एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ बराबरको कारोबार भएको छ।

आज होटल तथा पर्यटन समूह एक दशमलव ८३, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ९१, लघुवित्त समूह एक दशमलव ४२ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बढ्नेमा भने व्यापार समूह एक दशमलव ४२ र विकास बैंक समूह एक दशमलव २६ प्रतिशतले बढेको छ।   

आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै मूल्य बढ्नेमा भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नौ दशमलव ९८ प्रतिशतले बढेको छ।     

सेयरका सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सात करोड ३६ लाख २५ हजार छ सय ६६ कित्ता सेयर किनबेच भएको छ भने कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको दुई लाख २४ हजार ८६ कित्ता सेयर किनबेच भएको छ।

kumari

प्रकाशित: Nov 20, 2023| 16:01 सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्