सोमबार, फागुन १८, २०८२

सुरुङमा फसेका कामदार मुक्त गर्न नयाँ सुरुङ बनाइने

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

नयाँ दिल्ली- भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन्। सुरुङमा फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ।

एक्सक्याभेटरहरूले गत आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन्। निरन्तर खसेको भग्नावशेषका साथै महत्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ। अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो।

सरकारको राजमार्ग तथा पूर्वाधार निर्माण कम्पनी एनएचआईडीसीएलले भग्नावेश अझै खस्ने सम्भावनाका कारण उद्धार कार्य रोकिएको थियो।

सुरुङमा फसेकाहरूसँग रेडियोमार्फत कुराकानी गर्ने आफन्तहरूका अनुसार उनीहरुमने अवस्था गम्भीर छ र उनीहरूले मनोबल कम भएको बताएका छन्। “उनीहरू रोइरहेका छन्, उनीहरूलाई बचाउनका लागि भइरहेका उद्धार प्रयासबारे हामीले झुट बोलिरहेको हो कि भनेर सोध्न थालेका छन्”, आफ्नो नाम उल्लेख नगरी एक आफन्तले शनिबार पत्रकारहरूलाई भने।

इन्जिनियहरूले भग्नावेशको माध्यमबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सो रूपमा चलाउने प्रयास गरिरहेका छन्। उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भाष्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेका छन्।

kumari

“हामीले कामदारहरूलाई बचाउन सबै विकल्प खोजिरका छौँ, हामीसँग स्रोत, विकल्प र विधिको कुनै कमी छैन”, उनले भने।   -एएनआई

प्रकाशित: Nov 19, 2023| 20:21 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्