बिहीबार, वैशाख ३, २०८३

इजरायली सेनाद्वारा बालाता शरणार्थी शिविरमा हवाई आक्रमण

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

तेलअभिभ - इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको उत्तरमा रहेको नाब्लस नजिकै रहेको बालाता शरणार्थी शिविरमा आक्रमण गरेको छ। 

National life

इजरायल विरुद्ध आक्रमण गर्ने योजना बनाएका लडाकुहरूको लुकेको ठाउँ रहेको भन्दै शरणार्थी शिविरमा सेनाले हवाई आक्रमण गरेको अलजजिराले जनाएको छ। 

सेनाले 'धेरै आतंककारीहरूलाई ... र इजरायली नागरिकहरूविरुद्धका आतंककारी हमलाहरू रोकेको' बताएको छ। आक्रमणमा मारिएका एक वरिष्ठ लडाकुको विशेष सशस्त्र समूहसँग सम्बद्धता नभएकोले 'आतंककारी'हरु लुकेको सेनाले जनाएको छ। 

प्यालेस्टिनी रेड क्रिसेन्ट एम्बुलेन्स सेवाले रातिको हमालामा मारिनेहरूमा १९ देखि २५ वर्षसम्मका पाँच जना पुरुष समेत रहेको बताएको छ।

गाजाभित्र युद्ध चलिरहेको बेला, कब्जा गरिएको वेस्ट बैंकमा हिंसामा वृद्धि भएको छ। मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको कार्यालयले अक्टोबर ७ यता कम्तिमा १२४ प्यालेस्टाइनी मारिएको अधिकारी र अधिकार समूहका अनुसार २,५०० भन्दा बढीलाई गिरफ्तार गरिएको बताएको छ।

kumari

प्रकाशित: Nov 18, 2023| 15:00 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्