मंगलबार, असोज ७, २०८२

नेपाल लाइफको नाफा वृद्धि

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १० दशमलव २५ प्रतिशतको वृद्धि भएको छ।

Kumaribank

यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ७९ दशमलव ३३ करोड रुपैयाँ रहेको छ जुन अघिल्लो आ।व।को अन्त्य सम्मको आधारमा २१ दशमलव ८१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब १६५अर्ब ५२ करोड रुपैयाँ रहेको

सकल बीमा अनुबन्ध दायित्वहरू ५ दशमलव ८६ प्रतिशतले बढी करिब १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। महाविपत्ति कोषमा १०२ करोड रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको अन्त्य सम्मको तुलनामा १ दशमलव ५७ प्रतिशतले बढी हो। कम्पनीको लगानी ५ दशमलव ३९प्रतिशतले बढेको छ। आश्विन मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैय लगानी गरेको छ।

प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उलेख्य रूपमा घटेको छ। गत आर्थिक वर्षको अन्त्यमा करिब १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ दशमलव ३५प्रतिशतले घटी ८३ दशमलव ९१ करोड रुपैयाँ रहेको छ। कम्पनीले सूचना प्रविधिको विकाशलाई अङ्गीकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकाश गरी कार्यान्वयनमा ल्याई सकिएकोले आगामी दिनमा दाव भुक्तानी प्रक्रिया झन् सरल हुन गई ग्राहकहरू लाभान्वित हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।

कम्पनीले आश्विन मसान्त सम्ममा १० अर्ब ९३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ७२ प्रतिशतले बढी हो। यसै गरी कम्पनीले आश्विन मसान्त सम्ममा १ अर्ब ५८ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ जुन समीक्षा अवधिको तुलनामा १३ दशमलव ७९ प्रतिशतले बढी हो। ८ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ दशमलव ७ रुपैयाँ रहेको छ। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ दशमलव ७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी८३ दशमलव १४ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,३०७ रुपैयाँ रहेको छ।

Metro Mart

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीचपनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रूपमा लिन सकिन्छ। आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रूपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अवलम्बन गर्दै नेपालीहरूको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

 

प्रकाशित: Nov 18, 2023| 13:47 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्