शुक्रबार, असार २६, २०८३

ईसेवा मनी ट्रान्सफरको आइफोन अफर

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

ईसेवा मनी ट्रान्सफर, डिजिटल रेमिट्यान्स कम्पनीले बेलायतस्थित ‘ट्याङ्गो पे’ को साझेदारीमा ‘आइफोन योजना’ ल्याएको छ। नोभेम्बर १० बाट सुरु भएको यो योजना  जनवरी १५ सम्म लागू हुनेछ।

यो योजना अन्तर्गत बेलायतबाट ट्याङ्गोमार्फत रेमिट्यान्स गर्ने एक जनाले आइफोन–१५ जित्नेछ। साथै, इसेवा मनी ट्रान्सफरमार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका भएको कम्पनीले जनाएको हो।
 
ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले जानकारी दिए।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

 

प्रकाशित: Nov 18, 2023| 13:45 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्