बुधबार, पुस २, २०८२

चीनद्वारा समुद्रको निरीक्षण गर्ने उपग्रह प्रक्षेपण

 |  शनिबार, मंसिर २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २, २०८०

काठमाडौं- चीनले नयाँ पुस्ताको समुद्री उपग्रह प्रक्षेपण गरेको छ। चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो। जसले समुद्री पानीको सुधार गर्न सहयोग गर्छ। 

National life

यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो। जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्छ। यसले पानीको रंग, पानीको तापक्रम, समुद्री बरफ, निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ। 

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन अन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रका उपप्रमुख इन्जिनियर मेङ लिङ्जीले उपग्रहले चीनको मुख्य समुद्री मार्गहरूका लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने बताए। 

माछा पालन स्रोतहरूको उपयोग र समुद्री प्रदूषण अनुगमनलाई बढावा दिने बताए। यो उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ११:५५ बजे (बेइजिङ समय) लङ मार्च–२सी क्यारियर रकेटद्वारा प्रक्षेपण गरिएको थियो। पछि यो सफलतापूर्वक योजनावद्ध कक्षमा प्रवेश गरेको थियो।

प्रकाशित: Nov 18, 2023| 12:29 शनिबार, मंसिर २, २०८०
प्रतिक्रिया दिनुहोस्