बुधबार, पुस २, २०८२

गाजाको विद्यालयमा पनि इजरायली सेनाको आक्रमण

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- गाजामा आक्रमण गरिरहेको इजरायली सेनाले विद्यालयमा पनि आक्रमण गरेको छ। अल–फलाह विद्यालयमा भएको आक्रमणबाट ठूलो संख्यामा हताहती भएको अन्तर्राष्ट्रिय सञ्जार माध्यमले जनाएका छन्।

आक्रमणमा परेको विद्यालयमा हजारौँ विस्थापतिहरू रहेको अल्जजिराले जनाएको छ। यसैबीच इजरायली सेनाले जबलिया शरणार्थी क्याम्पमा गरेको हवाई आक्रमणबाट कम्तीमा १८ जना मारिएका छन्।  

यसअघि इजरायली फौजले अस्पताललाई नियन्त्रणमा लिएको थियो। गत अक्टोबर ७ यता इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ।

प्रकाशित: Nov 17, 2023| 17:12 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्