बुधबार, पुस २, २०८२

दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

मनिला- दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। स्थानीय अधिकारीहरूले भूकम्पबाट सम्भावित क्षतिको चेतावनी दिएका छन्।

National life

ग्रिनविच मिन टाइमअनुसार बिहान ८:१४ मा ७८ किलोमिटर गहिराइमा मुख्य दक्षिणी द्वीप मिन्डानाओको साराङ्गानी प्रान्तमा भूकम्प गएपछि सुनामीको कुनै खतरा नभएको युएसजिएसले एक विज्ञप्तिमा बताएको छ।

हताहतको तत्काल कुनै खबर आएको छैन यद्यपि पहाडी द्वीपको फराकिलो क्षेत्रमा भूकम्प महसुस गरिएको छ। ‘मैले अनुभव गरेकोमध्ये यो सबैभन्दा शक्तिशाली भूकम्प थियो’, भूकम्पको केन्द्रविन्दुबाट करिब दुई सय किलोमिटर टाढा रहेको डाभाओ सहरमा एक कार्यक्रममा भाग लिन आएकी २७ वर्षीया केशिया लेरानले भनिन्, ‘मेरो वरपरका मानिसहरू आतङ्कित हुँदै बाहिर जान दौडिरहेका थिए, यहाँ कार्यक्रममा सयौँ मानिस छन् त्यसैले मलाई भागदौड हुन्छ भन्ने डर थियो।’

प्यासिफिक ‘रिङ अफ फायर’ को छेउमा रहेको फिलिपिन्समा भूकम्पहरू जानु सामान्य घटना हुन्। ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय र ज्वालामुखी गतिविधिको चाप हो र यो जापानबाट दक्षिणपूर्व एसिया र प्रशान्त बेसिनसम्म फैलिएको छ।   -एएफपी

प्रकाशित: Nov 17, 2023| 16:07 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्