शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चीनको साङ्सी प्रान्तमा भएको आगलागीमा २६ जनाको मृत्यु

 |  शुक्रबार, मंसिर १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

बेइजिङ- उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ।

triton college

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ। उक्त टिभीले आगलागीमा परेर २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

यसअघि सिसिटिभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो। यद्यपि टिभीले अस्पतालमा पुर्‍याइएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन।

‘उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ सिसिटिभीले भनेको छ, ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ।’   -एएफपी

प्रकाशित: Nov 17, 2023| 10:33 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्