मुम्बई – बलिउडकी देशी गर्ल प्रियंका चोपडा छिट्टै विदेशी बुहारी बन्ने भएकी छन्। उनी आफ्ना विदेशी मगतर निक जोनसँग वैवाहिक सम्बन्धमा गाँसिन लागेकी हुन्। उनीहरुको विवाहको तयारी जोधपुरको उमेद भवनमा चलिरहेको छ। अहिले बिहेको आधिकारिक दिन भने घोषण भएको छैन।
बिहेमा प्रियंकाले अहिलेसम्म कुनै पनि बलिउड स्टार्सलाई निम्तो दिएकी छैनन्। तर उनले हलिउड एक्टरलाई भने निम्तो दिएकी छन्। उनले हलिउड एक्टर ड्वेन जानसन उर्फ द राकलाई बिहेको निम्तो दिएकी हुन्। जसलाई प्रियंकासँग हलिउड फिल्म बेवाचमा एक साथ देख्न सकिन्छ।
उनै राक फिल्म जुमांजीमा निक जोनससँग देखिएका थिए। प्रियंकाले उनका लागि हेलिकोप्टर बुक गरेकी छन्। सोही हेलिकोप्टरमा राक उमेद भवन आउनेछन्।
यसअघि निक र प्रियंका आफ्नो बिहेमा आगन्तुकलाई चाँदीका सिक्का गिफ्ट दिने खबर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त चादीको सिक्कामा प्रिंका र निकको नामको अगाडिको अक्षर कोरिएको छ। सिक्काको अर्को पट्टी गणेश र लक्ष्मीको तस्बिर छ। यसबारे प्रियंका र निकको आधिकारिक धारणा बाहिर आएको छैन।
प्रियंकाले यसअगासड नै आफ्नो विहेको तस्बिर कुनै पनि हालतमा मिडियाको हात पर्न नहुने बताएकी छन्। यसका लागि विवाह स्थलमा सोहीअनुसारको व्यवस्था गरिएको छ। उनीहरुको बिहेको तयारी भइरहेको उमेद भवनको तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
स्पटब्वाईका अनुसार प्रियंका बिहेका लागि उदयपुर आउने छिन्। उनी त्यहाँबाट हेलिकोप्टरमार्फत विवाह स्थान आउने छिन्। उनले २९ नोभेम्बरदेखि ३ डिसेम्बरसम्मका लागि हेलिकोप्टर बुक गरेकी छन्। हेलिकोप्टर ३ डिसेम्बरमा उदयपुर फिर्ता हुनेछ। तर पाहुना कसरी फर्किने छन् भन्नेबारेमा भने अहिलेसम्म केही खुलाइएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४