बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • गाजामा हमासका 'वरिष्ठ' व्यक्तिहरू' माथि आक्रमण : इजरायली सेना

गाजामा हमासका 'वरिष्ठ' व्यक्तिहरू' माथि आक्रमण : इजरायली सेना

 |  शुक्रबार, मंसिर १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १, २०८०

काठमाडौं- इजरायली सेनाले 'गत केही दिनहरूमा' गाजामा दुई फरक भूमिगत साइटहरूमा हमासका 'वरिष्ठ' व्यक्तित्वहरूमा हमला गरेको दाबी गरेको छ।

National life

'हामासको उत्तरी गाजा ब्रिगेडका प्रमुख अहमद रान्डर र हमास रकेट ब्रिगेडका प्रमुख हाइमान सियान लगायत हमासका धेरै वरिष्ठ कमाण्डरहरू लुकेका थिए,' सैन्य प्रवक्ता डेनियल हगारीले भने।

आक्रमण भएको अर्को भूमिगत साइटलाई उल्लेख गर्दै उनले भने, 'हमासको राजनीतिक शाखाका वरिष्ठ सदस्यहरू, राउकी मुश्ता, जो याह्या सिनवारका धेरै नजिकका सहयोगी हुन्, गाजामा हमास सरकारका प्रमुख आसम डेलिस, जो इस्माइल हनियाहको नजिक छन् र समेक एल सर्ग, जो सिनवार र गाजाका अन्य वरिष्ठ हमास व्यक्तित्वहरूको नजिकका सहयोगी पनि हुन्।'

इजरायली प्रवक्ताले थप विवरण नदिई भने दुबै साइटहरू 'महत्त्वपूर्ण रूपमा क्षतिग्रस्त' गरिएको पनि इजरायली सेनाको दाबी रहेको छ। इजरायली रिपोर्ट स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको बीबीसीले जनाएको छ। 

इजरायली सेनाले बिहीबार इस्मायल हनियाको घरमा आक्रमण गरेको दाबी गरेको थियो। 

kumari

प्रकाशित: Nov 17, 2023| 05:43 शुक्रबार, मंसिर १, २०८०
प्रतिक्रिया दिनुहोस्