बिहीबार, वैशाख ३, २०८३

इजरायली सेनाद्वारा गाजाको अर्को अस्पतालमा पनि आक्रमण 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

National life
kumari

काठमाडौं- इजरायली सेनाले गाजा क्षेत्रको अर्को अस्पतालमा पनि आक्रमण गरेको छ। यसअघि गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफा अस्पतालमा आक्रमण गरेको इजरायली सेनाले बिहीबार अर्को अस्पताल अह्ली अरब अस्पतालमा पनि आक्रमण गरेको जनाएको छ। 

इजरायली सेनाले अस्पतालको परिसमा बम विस्फोट गराएको जनाइएको छ। इजरायली सेनाले उक्त अस्पताललाई पनि पूर्ण ध्वस्त बनाउने उद्देश्यले सांकेतिकरुपमा परिसरमा विस्फोट गराएको जनाइएको छ। 

गाजामा आधारभूत स्वास्थ्य सुविधा दिइएको यस अस्पतालमा यसअघि पनि एक पटक आक्रमण गरिएको थियो। 

प्रकाशित: Nov 16, 2023| 16:33 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्