मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघका मानवअधिकार प्रमुखले भने - रोगको प्रकोप र भोकमरीले गाँज्यो गाजालाई

राष्ट्रसंघका मानवअधिकार प्रमुखले भने - रोगको प्रकोप र भोकमरीले गाँज्यो गाजालाई

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख भोल्कर टर्कले गाजा सहर रोगको प्रकोप र भोकमरीले गाँजिएको बताएका छन्। आफ्नो भर्खरको इजिप्ट र जोर्डन भ्रमणको बारेमा जानकारी गराउँदै उनले गाजामा खाद्यान्‍न, इन्धन र चिकित्सा आपूर्तिको चरम अभाव भएको बताएका छन्। 

गाजामा पानी, ढल र स्वास्थ्य सेवाहरू 'पूर्णरुपमा ध्वस्त' भएको उनले बताए। 'संक्रामक रोगहरूको ठूलो प्रकोप, र भोक अपरिहार्य देखिन्छ,' उनले भने। उनले 'एक पटक मानवीय युद्धविराम'को लागि आह्वान गरेका छन्। 

विश्‍व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार गाजामा अक्टोबर मध्यदेखि संक्रामक रोग फैलिन सुरु भएको बताएका हुन्। हालसम्म ५४ हजार ८६६ जनालाई श्वासप्रश्‍वाससम्बन्धी रोग, १ हजार ५ जनालाई 'चिकेनपक्स', १२ हजार ६३५ जनालाई छालासम्बन्धी रोग, ८ हजार ९४४ जनालाई 'लुतो र ३३ हजारभन्दा बढीलाई झाडापखाला देखिएको छ।

प्रकाशित: Nov 16, 2023| 16:18 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्