मंगलबार, पुस १, २०८२

इजरायलद्वारा हमास नेताको घरमा आक्रमण, को हुन् ती नेता? 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- इजरायली सेनाले बिहीबार बिहान हमास नेता इस्माइल हनियाहको घरमा आक्रमण गरेको दाबी गरेको बीबीसीले जनाएको छ। इजरायली सेनाले बिहीबार हमास समूहका नेता इस्माइलको घरमा लडाकु विमानमार्फ आक्रमण गरेको दाबी गरेको छ। 

National life

इस्माइल सन् २०१७ मा हमासको राजनीतिक ब्यूरोको प्रमुखमा निर्वाचित भए पनि केही वर्षदेखि कतारमा बस्दै आएका थिए। सन् १९८० को दशकको उत्तरार्धमा हमासका प्रमुख सदस्य भएका इस्माइललाई इजरायलले तीन वर्षसम्म कैद गरेको थियो।

त्यसपछि गाजा फर्कनुअघि उनले एक वर्ष निर्वासनमा बिताए। सन् १९९७ मा उनी हमासको आध्यात्मिक नेताको कार्यालयको प्रमुख नियुक्त भए र आफ्नो समूहलाई बलियो बनाए। 

उनलाई सन् २००६ मा राष्ट्रपति महमूद अब्बासले प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेका थिए तर एक साताको घातक हिंसामा गाजा पट्टीबाट अब्बासको फतह पार्टीलाई समूहले हटाएपछि एक वर्षपछि बर्खास्त गरिएको थियो।

इस्माइलले आफ्नो बर्खास्तलाई 'असंवैधानिक' भनी अस्वीकार गरे र उनको सरकारले 'प्यालेस्टिनी जनताप्रतिको आफ्नो राष्ट्रिय जिम्मेवारीहरू कायम रहने' बताएका थिए। त्यसपछि उनल गाजामा शासन गर्न सुरु गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 16, 2023| 15:42 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्