मंगलबार, पुस १, २०८२

गाजामा ५० इजरायली सेना मारिएको पुष्टि 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- अक्टोबर ७ पछि गाजामाथि निरन्तर आक्रमण गरिरहेको इजरायली सेनाका ५० सैनिक अधिकारीहरुको मृत्यु भइसकेको पुष्टि गरिएको छ। 

National life

इजरायल डिफेन्स फोर्सले केफिर इत्झाक फ्रान्को र असफ मास्टर मारिने पछिल्लो सैनिक अधिकारी भएको बताएको छ। हमास समूहले ७ अक्टोबरमा इजरायली सीमा क्षेत्रमा आक्रमण गरेपछि इजरायलले युद्धको घोषणा गर्दै लगातार गाजामाथि हमला गरिरहेको छ। 

इजरायलका प्रमुख विपक्षी नेता यायर लापिडले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमासविरुद्धको युद्धमा सरकारको कमजोर व्यवस्थापन भएको भन्दै राजीनामा माग गरेका छन्। 

ल्यापिडले 'राष्ट्रिय सहमतिको सरकार' निर्माणका लागि बाटो खुला गर्न आग्रह गरेका हुन्। नेतान्याहुको लिकुड पार्टीको नेतृत्वमै सरकार बनाइए पनि उनले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने विपक्षी नेता ल्यापिडले बताएका हुन्। 

इजरायली मिडियामा टिप्पणीहरूपछि विपक्षी नेता ल्यापिडले ट्वीट गर्दै भनेका छन्, 'इजरायली सेना र जनताले हमासको अक्टोबर ७ को आक्रमणपछि लचिलोपना देखाएको तर 'कमजोरी सरकार र विशेष गरी प्रधानमन्त्री नेतान्याहुको हो।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 16, 2023| 16:00 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्