मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली विपक्षी नेताले मागे प्रधानमन्त्री नेतान्याहुको राजीनामा 

इजरायली विपक्षी नेताले मागे प्रधानमन्त्री नेतान्याहुको राजीनामा 

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- इजरायलका प्रमुख विपक्षी नेता यायर लापिडले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमासविरुद्धको युद्धमा सरकारको कमजोर व्यवस्थापन भएको भन्दै राजीनामा माग गरेका छन्। 

National life

ल्यापिडले 'राष्ट्रिय सहमतिको सरकार' निर्माणका लागि बाटो खुला गर्न आग्रह गरेका हुन्। नेतान्याहुको लिकुड पार्टीको नेतृत्वमै सरकार बनाइए पनि उनले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने विपक्षी नेता ल्यापिडले बताएका हुन्। 

इजरायली मिडियामा टिप्पणीहरूपछि विपक्षी नेता ल्यापिडले ट्वीट गर्दै भनेका छन्, 'इजरायली सेना र जनताले हमासको अक्टोबर ७ को आक्रमणपछि लचिलोपना देखाएको तर 'कमजोरी सरकार र विशेष गरी प्रधानमन्त्री नेतान्याहुको हो।'

'हामीले ४० दिन पर्ख्यौं, अब समय छैन। हामीलाई अहिले चाहिने सुरक्षा र अर्थतन्त्रमा केन्द्रित हुने सरकार चाहिएको हो, अहिले योबाहेक अरूमा ध्यान दिने समय होइन,' उनी भन्छन्।

ल्यापिड अक्टोबर ७ पछि सिर्जना गरिएको 'इजरायली युद्ध मन्त्रिपरिषद्‌'मा सामेल भएनन्। यद्पि अर्का विपक्षी नेता बेनी गान्ट्ज भने उक्त वार क्याबिनेटमा सामेल भएका छन्। 

Laxmi sunrise bank
kumari

इजरायलले गाजामा निरन्तर आक्रमण जारी राखेको छ। गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा आक्रमण थालेपछि भने विश्‍वभरबाट विरोध भइरहेको छ। संयुक्त राष्ट्रसंघले पनि 'मानवीय पज'का लागि युद्धविराम आवश्यक रहेको बताएको छ। 

प्रकाशित: Nov 16, 2023| 15:32 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्