बिहीबार, वैशाख ३, २०८३

चीनमा कोइला खानी भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

National life
kumari

बेइजिङ- चीनमा आगलागीमा परी ११ जनाको मृत्यु भएको छ। चीनको लुलियाङ प्रान्तको शान्सी प्रान्तमा रहेको एक कोइला कम्पनीको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो।

यो घटना स्थानीय समय अनुसार बिहान करिब ७ बजेको हो। उक्त घटनापछि हालसम्म भवनबाट ६३ जनालाई बाहिर निकालिएको छ, जसमध्ये ५१ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

घटनास्थल नजिकै उद्धार कार्य जारी छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।  -एएफपी

प्रकाशित: Nov 16, 2023| 13:57 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्