शनिबार, चैत ११, २०७९

स्थायी राजधानी पुगेर मन्त्री चौधरीले सम्हाले कार्यभार

लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले स्थायी राजधानी दाङस्थित कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले शुक्रबार एक समारोहबीच पदभार ग्रहण गरेका हुन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

बुटवल– लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले स्थायी राजधानी दाङस्थित कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले शुक्रबार एक समारोहबीच पदभार ग्रहण गरेका हुन्।  

National life insurance

यसअघि शंकर पोखरेल नेतृत्वका सरकारका मन्त्री हरि रिजालले सो मन्त्रालयको कार्यसम्पादन स्थायी राजधानी दाङमै गरेका थिए। त्यसैको नक्कल गर्दै दाङ गृहजिल्ला भएका मन्त्री चौधरीले बुटवलमा पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गर्न देउखुरी उपत्यका पुगेका हुन्। 

गठवन्धनको सरकारमा मन्त्री चौधरीको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको छ। कार्यभार सम्हाल्दै चौधरीले जनताको मर्म र भावना अनुसार नै आफूले काम गर्ने बताएका थिए। 

सघीय सरकारका राज्यमन्त्री भैसकेका मन्त्री चौधरीले विगतको अनुभवलाई समेत लुम्बिनीको विकासमा खर्चिने बताए। ‘चुनौतिपूर्ण समयमा जिम्मेवारी समालेका छौं, जनताको भावनालाई आत्मसाथ गरेर अधि बढ्नछौं,’ मन्त्री चौधरीले भने।

प्रकाशित: Aug 13, 2021| 06:38. 16 शुक्रबार, साउन २९, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।