शनिबार, असार ७, २०८२

बीआरआईअन्तर्गत बंगलादेशमा मल कारखाना सञ्‍चालन

 |  बुधबार, कात्तिक २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

vianetvianet

काठमाडौं- बंगलादेशले बीआरआई परियोजनाअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को उद्घाटन गरेकी हुन्।

कारखानामा चाइना नेसनल केमिकल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कर्पोरेसन सेभेन लिमिटेडका करिब एक हजार चिनियाँ कर्मचारी छन्। (सीसीजेड) ले आफ्नो जापानी साझेदार मित्सुबिसी हेभी इन्डस्ट्रिज (एमएचआई) सँगको सहकार्यमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई निर्धारित समयअनुसार सम्पन्न गर्न २०२० देखि काम गरेको थियो।

८ लाख मेट्रिक टन युरिया र ५ लाख मेट्रिक टन एनहाइड्रस अमोनियाको अनुमानित वार्षिक उत्पादन क्षमताको साथ, राजधानी ढाकाबाट करिब ५१ किलोमिटर उत्तरपूर्वी नरसिङदी जिल्लामा रहेको कारखानाले बंगलादेशको बढ्दो माग पूरा गर्न मद्दत गर्ने अधिकारीहरूले बताए।

उद्घाटन समारोहमा बोल्दै हसिनाले कार्बनडाइअक्साइड समात्ने यो बंगलादेशको पहिलो मल प्लान्ट हुने बताइन्। कैद गरिएको कार्बनडाइअक्साइडले पनि देशमा युरिया मलको उत्पादन १० प्रतिशतले बढाउन मद्दत गर्ने उनको भनाइ थियो।

प्रकाशित: Nov 15, 2023| 19:45 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्