बिहीबार, चैत ७, २०८१

युट्युबको नयाँ मापदण्ड : 'एआई जेनेरेटेड' गीत हटाउने र मार्क सुविधा

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं- आर्टिफिसिय इन्टेलीजेन्सी (एआई)बाट गीत बन्न थालेपछि युट्युबले नयाँ मापदण्ड ल्याएको छ। यसअनुसार रेकर्ड कम्पनीहरूले वास्तविक कलाकारको गीतको एआई संस्करणलाई डिलिट गर्न आग्रह गर्न सक्नेछन्।

health

युट्युबले नक्कल गरेका कन्टेन्ट अथवा गीतलाई वास्तविक म्युजिक लेवलहरुले फ्ल्याग गर्नसक्ने अथवा थाहा हुने गरी कुनै किसिमको मार्क लगाउनसक्ने सुविधा पनि उपलब्ध गराउने भएको छ।

एआईको विकाससँगै नक्कली फोटो, भिडियो, गीतदेखि लेखसम्म बन्न थालेका छन्। यसको असर पर्ने क्षेत्रका कलाकारहरुका लागि युट्युबले नयाँ सुविधा ल्याएको हो।

यो सुविधा विश्वभर लागु गर्नुअघि सिमित वितरक र लेवलमा परीक्षण भइरहेको युट्युबले जनाएको छ। 

प्रकाशित: Nov 15, 2023| 14:00 बुधबार, कात्तिक २९, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्