आइतबार, असार २८, २०८३

प्रदुषण बढेको भन्दै दिल्लीमा पटाका बिक्रीमा रोक

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

नयाँ दिल्ली- तिहारको समयमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ। दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिपावली पर्व मनाउन पटाका पड्काउनेलगायत गतिविधिले पनि दिल्लीमा वायु प्रदूषण फेरि बढेको हो। 

दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट गरेका छन्। दिल्लीबाट करिव १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखिएको छ। 

दिपावली पर्वको केही दिन अगाडि दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्न राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिवन्ध लगाएको थियो। दिल्ली प्रदूषण नियन्त्रण बोर्डले सहरमा पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा बढेको छ।

प्रकाशित: Nov 15, 2023| 11:59 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्