मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानबाट पाँच हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

पाकिस्तानबाट पाँच हजार ५०० भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काबुल- सोमबार पाँच हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्।

National life

अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै पाँच हजार ६४० शरणार्थी स्वदेश फर्किएका हुन्। 

त्यस्तै, सोमबार तीन हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको पनि मन्त्रालयले जनाएको छ।

तथ्यांकअनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै संख्यामा इरानमा रहेको बताइएको छ।

विगत दुई महिनामा चार लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन्। अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँदयाममा फर्किएकाहरूलाई अस्थायी आश्रयसहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 15, 2023| 08:40 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्