शनिबार, असार ७, २०८२

हमासद्वारा सुरक्षित भनिएको इजरायलको तेलअभिभमा बमबारी

 |  बुधबार, कात्तिक २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

vianetvianet

काठमाडौं- हमास समूहले इजरायलको तेल अभिभमा आक्रमण गरेको छ। इजरायल सरकारले सुरक्षित दाबी गरेको तेल अभिभमा मंगलबार हमास समूहले आक्रमण गरेको हो। 

हमासले समूहले प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या बढ्दै गएपछि तेल अभिभमा मिसाइल ब्यारेजसहित 'बमबारी' गरेको बताएको छ।

हमासको आक्रमणपछि गम्भीर घाइते भएका २० वर्षीय पुरुषलाई अस्पताल लगिएको इजरायलको म्यागेन डेभिड एडोम आपतकालीन सेवाले बताएको छ भने ४३ वर्षीया महिलालाई सामान्य चोटपटक लागेको छ।

७ अक्टोबरमा हमास समूहले इजरायली सीमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली सेनाले निरन्तर गाजामाथि आक्रमण गर्दै आएको छ। 

प्रकाशित: Nov 15, 2023| 06:37 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्