मंगलबार, पुस १, २०८२

खोटाङमा १० दिनकी सुत्केरीले उपचार नपाउँदा मृत्यु

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

खोटाङ- खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएको हो।

National life

यही कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमवार राति जिल्ला अस्पतालबाट अन्यत्र लैजाने तयारी गर्दागर्दै ज्यान गएको हो। श्वास फेर्न अप्ठ्यारो भएपछि जेनिसालाई सोमवार बिहान जिल्ला अस्पताल लगिएको थियो तर एक्स–रे लगायतका जाँचका क्रममा सामान्य देखिएपछि उनी घर फर्किएका थिए।

राति पुनः श्वास फेर्न अप्ठ्यारो भएपछि उनलाई अटो रिक्सामा राखेर जिल्ला अस्पताल लगिएको थियो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाव दिएपछि गाडी खोजेर काठमाडौं लैजाने तयारी गर्दागर्दै सुत्केरीको ज्यान गएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले बताए। 

जेनिसा खोटाङ अटोलिङ्क प्रालिमा कार्यरत थिइन्। जमेको रगत फोक्सोमा पुगेका कारण श्वासप्रश्वासमा समस्या निम्तिएर सुत्केरीको ज्यान गएको जिल्ला अस्पतालका डा. रमेश श्रेष्ठले बताए। उनका अनुसार सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेर न्यून देखिएको थियो। जेनिसाले जिल्ला अस्पतालमै सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन्। 

प्रकाशित: Nov 15, 2023| 06:21 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्