बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पोखरा महानगरले बिक्री नभएका फूलका लागि प्रतिमाला २० रुपैयाँ दिने

पोखरा महानगरले बिक्री नभएका फूलका लागि प्रतिमाला २० रुपैयाँ दिने

 |  मंगलबार, कात्तिक २८, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

vianetvianet

गण्डकी- पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँ दिने भएको छ।

Kumaribank

स्थानीय उत्पादन प्रबर्द्धन कार्यक्रमअन्तर्गत महानगरले कार्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित मेलामा नबिकेका फूलका लागि प्रोत्साहन रकम दिन लागेको हो।

प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्य क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री हुन सकेको थिएन।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले किसानलाई प्रोत्साहनस्वरूप महानगरका तर्फबाट प्रतिमाला २० रुपैयाँका दरले दिने निर्णय गरिएको जानकारी दिए।

उनले भने, 'किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँका दरले एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो।'

Metro Mart

प्रकाशित: Nov 14, 2023| 20:59 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्