मंगलबार, पुस १, २०८२

डोनाल्ड ट्रम्पकी जेठी दिदी म्यारिआन मृत फेला

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

न्युयोर्क- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी दिदी म्यारिआन ट्रम्पको ८६ वर्षको उमेरमा निधन भएको छ। सोमबार बिहान उनी न्युयोर्कस्थित अपार्टमेन्टमा मृत फेला परेकी थिइन्। 

National life

उनको मृत्युको कारण खुलाइएको छैन। उनी १९८३ देखि २०१९ सम्म न्यु जर्सीमा न्यायाधीश थिइन्। ट्रम्पका सहोदर चारमध्ये निधन उनी हुने तेस्रो हुन्। 

१९७४ देखि १९८३ सम्म न्यु जर्सीस्थित सरकारी वकिल कार्यालयमा काम गर्ने दुई मात्र महिला सरकारी वकिलमध्ये उनी एक थिइन्। 

ट्रम्पकै वकिलको सहयोगमा उनी न्यायाधीशमा सिफारिस भएकी थिइन्। त्यसैले ट्रम्पले बारम्बार आफूलाई ‘मबिना तिमी कहाँ हुन्थ्यौ?’ भनेर प्रश्न गरिरहने उनले खुलासा गरेकी थिइन्।

उनले पहिले डेविड डेसमन्ड र पछि जोसेफ जोन जोसेफ ब्यारीसँग विवाह गरेकी थिइन्। ब्यारीको सन् २००० मा मृत्यु भएको थियो। एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 14, 2023| 17:00 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्