काठमाडौं- गाजामा भइरहेको नरसंहारमा सघाएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका दुई मन्त्रीविरुद्ध मुद्दा परेको छ।
सोमबार बाइडेन, विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोइड अस्टिनविरुद्ध ‘इजरायली सरकारको तर्फबाट भइरहेको नरसंहारलाई रोक्न असफल भएको र त्यसमा सहभागी भएको’ भन्दै एक अदालतमा मुद्दा परेको हो।
सेन्टर फर कन्स्टिच्युसनल राइट्स (सीसीआर) ले प्यालेस्टाइनी मानवअधिकारवादी संस्था, गाजाका बासिन्दा र तिनका अमेरिकामा बसोबास गर्ने नातेदारहरुको तर्फबाट सो मुद्दा दायर भएको हो।
अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणपछि इजरायलले सुरु गरेको आक्रमणमा गाजामा ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अल जजिरा