मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भाइटीकाको दक्षिणा खातामा पठाउन राष्ट्र बैंकको आग्रह

भाइटीकाको दक्षिणा खातामा पठाउन राष्ट्र बैंकको आग्रह

राष्ट्र बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारसमेत आफ्ना दिदीबहिनीको सीधै बैंक खातामा जाने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाएको हो।
 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

National life
kumari

काठमाडौं– राष्ट्र बैंकले दसैं–तिहारजस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यम प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले तिहारको भाइटीकाको दक्षिणा वा उपहारसमेत आफ्ना दिदीबहिनीको सीधै बैंक खातामा जाने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाएको हो। 

‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्सफरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौं,’ केन्द्रीय बैंकको चेतनामूलक सूचनामा भनिएको छ। 

डिजिटल बैंकिङ सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटिएमसम्म जाने झन्झट पनि नहुने बैंकले जनाएको छ।

प्रकाशित: Nov 14, 2023| 13:59 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्