मंगलबार, वैशाख १५, २०८३

शिलान्यासको सात वर्षपछि बडहरे खोलामा पुल निर्माण

सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७५ मा नै पुलभित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो।
 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेवल पुल निर्माण सम्पन्न भएको छ। नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल शिलान्यास भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए।

National life

तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे खोलामा तीन करोड ६३ लाखको लागतमा मोटरेवल पुल निर्माण सम्पन्न भएको उनले बताए। 

सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७५ मा नै पुलभित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ढिला गरी निर्माण सम्पन्न गरेको प्रमुख खड्काले जानकारी दिए। तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले पटक–पटक गरी चार पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ। 

कुल १८ दशमलव ५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएपछि अहिले त्यस क्षेत्रका स्थानीयवासीलाई समेत सजिलो भएको छ।–रासस

प्रकाशित: Nov 14, 2023| 12:59 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्