आइतबार, मंसिर २८, २०८२

तनहुँमा उत्पादित सयपत्री कतार निर्यात

आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो।  
 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

तनहुँ–तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन्। आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो।

National life

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्याइएको हो। गाउँपालिका अध्यक्ष शुक्र चुमानले भने, ‘यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो। गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ।’ पहिलो चरणमा प्रतिमाला १५० का दरले कतार पठाइएको छ। 

अरु बेला पनि सयपत्री निर्यात गर्नेबारे छलफल भइरहेको अध्यक्ष चुमानले बताए। फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ।
अध्यक्ष चुमानले भने, ‘पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ।’

गाउँपालिकाले आयातीत तथा प्लास्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ। गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ। गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको छ। सोहीबमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ। 

उत्पादित सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए। गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ। उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ।

Laxmi sunrise bank
kumari

गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत फूलखेतीका लागि सहयोग गरेको थियो। गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो ५ सयसम्म बिक्री भइरहेको छ। स्थानीय स्तरमा किलोको २ सयसम्म बिक्री गरिँदै छ। यस्तै, एउटा माला ८० सम्ममा बिक्री भइरहेको छ।–रासस 

प्रकाशित: Nov 14, 2023| 12:02 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्