मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तीन महिनामा साढे ११ अर्बको खाद्यान्न आयात, २२ लाखको मात्रै निर्यात

तीन महिनामा साढे ११ अर्बको खाद्यान्न आयात, २२ लाखको मात्रै निर्यात

चालू आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ६० करोड रुपैयाँ खाद्यामा व्यापार घाटा भएको विभागको तथ्यांक।
 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

National life
kumari

काठमाडौं– चालू आर्थिक वर्षको तीन महिनामा साढे ११ अर्ब बढीको खाद्यान्न आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ। भारत, जापान, इटाली, चीन, थाइल्यान्डलगायत मुलुकबाट ११ अर्ब ६० करोड ७४ लाख रुपैयाँको खाद्यान्न आयात भएको विभागको तथ्यांकले देखाएको हो। 

यस अवधिमा चामल, मकै, ब्राउन राइस, बासमती चामल, मकैको पिठो, गहुँको पिठोलगायत खाद्यान्न वस्तु आयात गरिएको छ।  साउन, भदौ र असोजमा २२ लाख मूल्य बराबरको खाद्यान्न निर्यात भएको छ।

चालू आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ६० करोड रुपैयाँ खाद्यामा व्यापार घाटा भएको विभागले जनाएको छ। यस्तै तीन महिनामा खाद्य कारोबारबाट सरकारलाई ७५ करोड २४ हजार राजस्व प्राप्त भएको छ। गत वर्षको यही अवधिमा ९ अर्ब २६ करोडको खाद्यान्न आयात भएको थियो। 

प्रकाशित: Nov 14, 2023| 11:24 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्