मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • गाजा अस्पताल 'चिहान' भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

गाजा अस्पताल 'चिहान' भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई 'लगभग एउटा चिहान' भनेर वर्णन गरेको छ।

National life

गाजाको उत्तरी क्षेत्रमा अवस्थित अल-शिफा अस्पताल - इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले सुरुङहरूमा कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको जोड दिँदै केही दिनदेखि युद्धलाई तीव्र बनाइरहेको छ। हमास र अस्पतालले भने यसलाई अस्वीकार गर्दै आएका छन्।

डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले करिब ६०० व्यक्ति अस्पतालमा रहेको र अरूले हलवेमा आश्रय लिएको बताए।

उनले भने, ‘अस्पताल वरिपरि शव राखिएको छ, जसलाई हेरचाह गर्न सकिँदैन, गाड्न वा कुनै किसिमको शवगृहमा लैजान पनि पाइँदैन। अस्पतालले चाहिएको भन्दा बढी काम गरिरहेको छैन। यो लगभग एक चिहान हो।'

अस्पतालमा शव थुप्रिएको र कुहिएको पनि चिकित्सकहरुले बताएका छन् ।

Laxmi sunrise bank
kumari

डाक्टर मोहम्मद अबु सेल्मियाले पनि बीबीसीलाई भने कि इजरायली अधिकारीहरूले अझै पनि कुहिएको शवलाई अस्पतालबाट गाड्न अनुमति नदिएकोले अहिले कुकुरहरू अस्पतालको मैदानमा प्रवेश गरी शवहरु खान थालेका छन्।

बिजुलीको कटौतीका कारण अब आफ्नो इन्क्यूबेटरमा बस्न नसक्ने दर्जनौं समयपूर्व जन्मिएका बच्चाहरूको भाग्यको बारेमा पनि चिन्ता छ। सेल्मियाले तीमध्ये सात बच्चाको अक्सिजनको अभावमा मृत्यु भएको बताइन्।

प्रकाशित: Nov 14, 2023| 06:36 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्