मंगलबार, वैशाख १५, २०८३

लक्ष्मीपूजाको दिन घट्यो सुनचाँदीको मूल्य

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) लक्ष्मीपूजाको दिन सुन तोलामा एक हजार रुपैयाँ घटेको छ।

छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन तोलामा एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँ घटेको छ। चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

kumari

प्रकाशित: Nov 12, 2023| 12:45 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्