मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सुदूरपश्चिम पुगेर आयोगले लियो १६ औँ योजनाका लागि सुझाव

सुदूरपश्चिम पुगेर आयोगले लियो १६ औँ योजनाका लागि सुझाव

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं- राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव लिएको छ।  १६औँ योजनाको तयारीमा जुटेको आयोगले पहिलोपटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो। 

Kumaribank

आयोगकी सदस्य डा.अनिता शाह ढुंगाना सुझाव संकलनको लागि आयोगको नेतृत्व गर्दै सुदुरपश्चिम प्रदेश पुगेकी थिइन्। 

शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मुख्यमन्त्री तथा सबैमन्त्री सहभागी भए। कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६ औँ योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन्।

सुझाव दिने धेरैले संघीयताको मर्मअनुसार १६औँ योजना बनाउनु पर्नेमा जोड दिएका छन्। आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताइन्। 

आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साच्चिकै यथार्थपरक योजना बनाउने उनले दाबी गरिन्। तलबाट वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तलसम्म सुझाव लिन पुगेको उनले जानकारी दिइन्। 

Metro Mart

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो। कोशी प्रदेशमा सदस्य डा. आरपी विच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा.जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदुरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो। 

कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ।

प्रकाशित: Nov 12, 2023| 15:20 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्