मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कुनै पनि समय लेबनानको राजधानीमा आक्रमण हुनसक्ने इजरायलको चेतावनी 

कुनै पनि समय लेबनानको राजधानीमा आक्रमण हुनसक्ने इजरायलको चेतावनी 

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं - इजरायली प्रधामन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो म्बोधनमा इरान समर्थित लेबनानी मिलिशिया समूह हिजबुल्लाहलाई 'युद्ध सुरु गर्ने गल्ती नगर्न' चेतावनी दिएका छन्। 

National life

इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको अघिल्लो अभिव्यक्तिको जवाफमा द्वन्द्व नबढाउन चेतावनी दिएका हुन्। 

नेतान्याहुले चेतावनी दिँदै भने, 'कुनै पनि युद्धले लेबनानको भाग्यको निर्णय' गर्नेछ।' 

इजरायलका रक्षामन्त्री योभ गालान्टले प्रधानमन्त्री बेन्जामिन नेतायाहु पछि इजरायली जनतालाई सम्बोधन गर्दै इजरायलले हिजबुल्लाह द्वारा कुनै पनि वृद्धिको प्रतिक्रियामा लेबनानको राजधानी बेरुतमा आक्रमण गर्न सक्ने चेतावनी दिएका हुन्। 

रक्षा मन्त्री योभ ग्यालान्टले लेबनान र हिजबुल्लाहलाई आफ्नो चेतावनीमा भने, 'इजरायली वायुसेनाले इजरायल-लेबनान सीमामा काम गरिरहेको छ र सेना कुनै पनि उग्रताका लागि तयार छ।' 

Laxmi sunrise bank
kumari

उनले थपे, 'लेबनानका नागरिकहरूले थाहा पाउनुपर्छ कि यदि नसरल्लाहले गल्ती गरे भने बेरुतको भाग्य गाजाको भाग्य जस्तै हुन सक्छ।'

प्रकाशित: Nov 12, 2023| 07:30 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्