आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अन्तर्राष्ट्रिय अदालतको न्यायाधीशमा पाँच न्यायाधीश निर्वाचित

अन्तर्राष्ट्रिय अदालतको न्यायाधीशमा पाँच न्यायाधीश निर्वाचित

 |  शनिबार, कात्तिक २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

vianetvianet

काठमाडौं- अन्तर्राष्ट्रिय अदालतको न्यायाधीशमा पाँच न्यायकर्ता निर्वाचित भएका छन्। सुरक्षा परिषद् र महासभाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे)को न्यायाधीशका रूपमा पाँचजना न्यायधीशलाई निर्वाचित न्यायाधीशहरूको स्थानमा चयन गरेको हो। 

सुरक्षा परिषद् र महासभाले उमेद्वारहरूमा सहमति जनाएपछि प्रतिष्ठित न्यायविद् बोगदान–लुसियन ओरेस्कु रोमानिया, हिलारी चाल्र्सवर्थ अष्ट्रेलिया, सारा हल क्लेभल्यान्ड संयुक्त राज्य अमेरिका, जुआन म्यानुअल गोमेज रोब्लेडो भेर्डुज्को मेक्सिको र डायर त्लादी दक्षिण अफ्रिकाका न्यायाधीश निर्वाचित भएका हुन्।

पाँचमध्ये अष्ट्रेलियाका चाल्र्सवर्थ पुनः निर्वाचित भएका हुन्। यस वर्ष पाँच पदका लागि नौ जनाको उमेदवारी परेको थियो।  संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग अन्तर्राष्ट्रिय न्यायालयको विधान अन्तर्गत आईसीजे न्यायाधीशहरूको चयन सुरक्षा परिषद् र महासभामा गोप्य मतदानबाट हुन्छ। 

निर्वाचित हुनका लागि उमेदवारले दुवै सदनमा पूर्ण बहुमत प्राप्त गर्नुपर्छ। दुई सदनमा मतदान एकैसाथ तर छुट्टाछुट्टै हुनुपर्छ। यसवर्ष महासभाले पहिलो चरणको मतदानमा निर्णायक परिणाम प्राप्त गरेको छ। तर सुरक्षा परिषद्ले निर्णायक परिणाम प्राप्त गर्न पाँचौं प्रयास गर्नुपरेको थियो।

प्रकाशित: Nov 11, 2023| 16:00 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्