आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक लगानी भित्र्याउन झन्झटिलो प्रक्रिया हटाउन आवश्यक : डेप्युटी गर्भनर 

वैदेशिक लगानी भित्र्याउन झन्झटिलो प्रक्रिया हटाउन आवश्यक : डेप्युटी गर्भनर 

 |  शनिबार, कात्तिक २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

vianetvianet

काठमाडौं- नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन्। शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको बजेट वाच कार्यक्रममा डेपुटी गभर्नर ढुंगानाले विदेशी लगानी आकर्षित गर्ने सरकारी निकायले समन्वयकारी भूमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन्। 

राष्ट्र बैंकले वैदेशीक लगानीका झन्झटिला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको उनको भनाइ छ। विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेकोमा उनको जोड छ। 

गत आर्थिक वर्षमा सात अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको भन्दै यो सन्तोषजनक नभएको उनले बताइन्। उनले आर्थिक वर्ष २०७८/७९मा १८ अर्ब ५६ करोड र २०७९/८०मा सात अर्ब ७० करोड विदेशी लगानी आएको जानकारी दिइ। 

उनले चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको बताइन्। उनले विदेशी लगानीका लागि हेजिङ सुविधा नेपालमा लागु हुनसके विदेशी लगानी र ऋण प्रोत्साहित हुने बताइन्। 

क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरूले पनि कुरा उठाउने गरेको भन्दै क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको उनको निष्कर्ष छ। उनले क्रेडिट रेटिङ गर्ने कामको सुरुआत गर्न सम्बन्धित निकायहरूको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन्। उनले नेपाल राष्ट्र बैंक यसमा सकारात्मक रहेको उनको भनाइ छ। 

 डेपुटी गभर्नर ढुंगानाले वाणिज्य बैंकहरूमा एफडी राखेर ब्याज आर्जन गर्ने र त्यसैमा लगानीको मुख्य स्रोत विदेशी लगानी नै हो भन्ने तरिकाले चलिरहेको भन्दै त्यसमा सुधार हुन आवश्यक रहेको बताइन्। उनले त्यसलाई पूर्वाधार, उत्पादनशिल क्षेत्रमा लगानी गर्नसके आर्थिक विकासमा ठूलो सहयोग पुग्ने धारणा राखिन्। 

प्रकाशित: Nov 11, 2023| 14:30 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्