मंगलबार, वैशाख १५, २०८३

नेपाली क्रिकेट टिमलाई मेरिना इम्पेक्सको साथ

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

National life
kumari

मेरिना इम्पेक्सले नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्न साथ दिने भएको छ। जसअनुसार मेरिनाले विश्व कप क्रिकेटमा सहभागी खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरी ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो।

मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाlजक उत्तरदायीत्व अन्तर्गत खेलाडीलाई हौसला मिलोस् भन्ने उद्धेश्यले सहकार्यको हात अगाडी बढाएको जानकारी दिए। त्यसका लागि बुधबार क्यान र इम्पेक्सबिच सम्झौता भएको छ।

नेपाली क्रिकेट टिमलाई मेरिना इम्पेक्सको साथ
सम्झौता अनुसार इम्पेक्सले खेलाडी र सदस्यलाई ४० थान सुट सहयोग गर्ने भएको छ। विगत ४१ वर्षदेखि सर्टिङ सुटिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको मेरिनाले विभिन्न अवसरमा विशेष योजना सार्वजनिक गर्दै आइरहेको छ। इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Nov 11, 2023| 13:04 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्