शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • स्टार्टअप एण्ड इनोभेशन प्रतिनिधि र उद्योगमन्त्री रिजालबीच भेटवार्ता

स्टार्टअप एण्ड इनोभेशन प्रतिनिधि र उद्योगमन्त्री रिजालबीच भेटवार्ता

 |  शनिबार, कात्तिक २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

vianetvianet

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र नेपाल उद्योग वाणिज्य महासंघ  स्टार्टअप एण्ड इन्नोभेशन प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। बुधबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको महासंघ स्टार्टअप तथा इन्नोभेशन फोरमका सभापति जूना माथेमाले भेटका क्रममा स्टार्टअप नेशन २०३० लाई सफल पार्नका लागि फोरमले अपनत्व गरेका रणनीतिक योजना मन्त्री रिजाल समक्ष पेस गरेको गरिन्।

भेटमा प्रतिनिधिमण्डलले देशको ठूलो हिस्सा ओगटेको युवा र नवयुवा उद्यमीका नवीनतम सोचको महत्व र प्रभावलाई बुझेर स्टार्टअप नीति, स्टार्टअप धितो कोष सञ्चालन कार्यविधि २०८० आदिको कार्यान्वयन गर्ने प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिएको थियो।

उक्त भेटका क्रममा मन्त्रीले रणनीतिक योजना पूरा गर्न मिलेर काम गर्ने प्रतिबद्ध जनाएको बताइएको छ। भेटमा देशको समग्र आर्थिक, सामाजिक र दिगो विकासमा स्टार्टअप तथा नवप्रवर्तनको महत्वपूर्ण भूमिका रहेकाले सहकार्यलाई सुव्यवस्थित गर्ने रणनीतिबारे छलफल गर्नुका साथै रणनीतिक योजनाको दुई पेजर मन्त्रीलाई हस्तानतरण समेत गरिएको थियो। उक्त भेटमा स्टार्टअप प्रवद्र्धनका सम्बन्धमा अन्य विषयमा पनि छलफल भएको जनाइएको छ।

 

प्रकाशित: Nov 11, 2023| 13:03 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्