मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ट्रू नर्थ एशोसिएट्सद्वारा एनआईसी एशिया क्यापिटलमा रणनीतिक लगानी सम्झौता

ट्रू नर्थ एशोसिएट्सद्वारा एनआईसी एशिया क्यापिटलमा रणनीतिक लगानी सम्झौता

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

प्राइभेट इक्विटी भेन्चर क्यापिटल कम्पनीको रुपमा रहेको ट्रू नर्थ एशोसिएट्स (टीएनए)ले एनआईसी एशिया क्यापिटलमा रणनीतिक शेयर लगानीको लागि सम्झौता गरेको छ। एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने,  ट्रू नर्थ एशोसिएट्सका अध्यक्ष सुमन जोशी र एनआईशी एशिया क्यापिटलका अध्यक्ष सन्तोष कुमार राठीले शुक्रबार यस रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

National life

यस रणनीतिक साझेदारले एनआईशी एशिया क्यापिटललाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको क्षेत्रमा अग्रपंक्तिमा राख्न सघाउने विश्वास क्यापिटलले व्यक्त गरेको छ। ट्रू नर्थ एशोसिएट्सको यो १४ औ लगानी रहेको र फण्ड व्यवस्थापकमा यो तेस्रो लगानी हो ।  

नेपालमा वैकल्पिक लगानी प्रबर्दन गर्न यस सम्झौताले सघाउने ट्रू नर्थ एशोसिएट्सले जनाएको छ।   ट्रू नर्थ एशोसिएट्सले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको लाइसेन्स पनि पाएको छ।

 

प्रकाशित: Nov 11, 2023| 13:03 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्