मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेटा भी धनतेरसका दिन २ लाख ८० हजार डाउन पेमेन्टमा किन्न सकिने

नेटा भी धनतेरसका दिन २ लाख ८० हजार डाउन पेमेन्टमा किन्न सकिने

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

नेटा भी गाडीको आधिकारिक बिक्रेता सिजी मोटर्सले धनतेरसका दिन आज नेटा भी २ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ।

आफ्नो घरमा केहि नयाँ सम्पती भित्र्याउने दिनको अवसर पारेर ग्राहकहरुलाई २ लाख ८० हजार डाउन पेमेन्टमा नेटा भी खरिद गर्न सकिने अफर योजना ल्याएको हो।

यो अफर अन्तर्गत कार खरिद गर्ने ग्राहकले ३.३ किलावाटको चार्जर पनि निःशुल्क पाउने छन्। नेटा भीमा ७० किलोवाटको मोटर र ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक छ। यो कारले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिन्छ।

अन्य समयमा ७ लाख ८० हजार डाउन पेमेन्ट गर्नुपर्नेमा सिजी मोटर्सले आजका लागि २ लाख ८० हजार डाउन पेमेन्टको योजना ल्याएको हो। ५ लाख क्यास ब्याक दिने योजना ल्याएकाले आज खरिद गर्नेले २ लाख ८० हजार रुपैयाँ मात्र तिरे हुने कम्पनीले जनाएको छ। नेटा भीको खरिद मूल्य ३८ लाख ९९ हजार रुपैयाँ हो।

 

प्रकाशित: Nov 11, 2023| 13:02 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्