शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • खुला र सुरक्षित इन्डो-प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल

खुला र सुरक्षित इन्डो-प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

वाशिङ्टन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत-अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्र्धन गर्ने प्रयासबारे छलफल भएको छ।  

triton college

ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविस्कारलाई निरन्तरता दिन आफूहरु तत्पर रहेको पनि दोहोर्‍याए। 

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, 'नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका र भारत कसरी खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न भन्ने बिषयमा छलफल गरेको छु। म उज्ज्वल भविष्यका लागि प्रबिधि, स्वच्छ ऊर्जा र अन्तरिक्षमा हाम्रो नवीनतालाई निरन्तरता दिन तत्पर छु।' 

ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिन नयाँ दिल्लीमा भएको टु प्लस टु मन्त्रीस्तरीय वार्ताका लागि भारत आएका छन्। शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि प्रधानमन्त्री मोदीले ‘२+२’ ढाँचा भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन महत्वपूर्ण सहयोगी भएको बताए। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–अमेरिका साझेदारीलाई ‘विश्वव्यापी भलाइ’का लागि ‘शक्ति’ को संज्ञा दिँदै नयाँ दिल्ली र वासिङ्टनबीचको पारस्परिक लाभकारी सहयोग लोकतन्त्र, बहुलवाद र विधिको शासनमा उनीहरूको साझा विश्वासमा आधारित रहेको बताएका छन्। 

corrent noodles
Metro Mart

ब्लिन्केन र प्रधानमन्त्री मोदीले हिन्द–प्रशान्त क्षेत्रमा र विश्वव्यापी महत्वका विषयमा घनिष्ठ साझेदारीका लागि भारत र अमेरिकाको साझा दृष्टिकोणलाई दोहोर्‍याएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

'भारत र संयुक्त राज्य अमेरिकाले जापान र अष्ट्रेलियासँग क्वाड (चतुर्भुज सुरक्षा संवाद) मार्फत साझेदारीलाई बलियो बनाएर स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्तलाई बढावा दिइरहेका छन्,' अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नयाँ दिल्लीमा आयोजित पाँचौं २+२ भारत–अमेरिका मन्त्रीस्तरीय संवादमा भने। 

ब्लिन्केनले भने, 'उदाहरणका लागि, अवैध फिसिङ, पाइरेसी र लागूपदार्थको ओसारपसारविरुद्ध लड्न हामी इन्डो–प्यासिफिक क्षेत्रमा मानवीय राहत र विपद् प्रतिकार्य प्रयासमा पनि समन्वय गरिरहेका छौं। यो संवादले अमेरिका र भारतबीच उच्चस्तरीय छलफलका लागि एक मञ्च प्रदान गर्दछ। अमेरिका र भारतका नेताहरूले महत्वपूर्ण द्विपक्षीय र विश्वव्यापी मामिलाहरूमा छलफल गर्दछन्, जसमा हिन्द–प्रशान्त क्षेत्रमा भइरहेका घटनाक्रमहरूमा विशेष जोड दिइन्छ।'
 

प्रकाशित: Nov 11, 2023| 14:00 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्