शुक्रबार, असार २६, २०८३

सेल्सबेरीमा सामान किन्दा ३० प्रतिशतसम्म छुट

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं- सेवा सुरु गरेको ३०औं वर्षका अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ।

सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो। यो अफर शनिबार र आइतबार लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा बताइएको छ।

खाद्यान्नलगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखामा उपलब्ध हुनेछ। साथै ५ हजार रुपैयाँभन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था छ।

 

प्रकाशित: Nov 11, 2023| 13:01 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्