मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्पपीडितलाई आपतकालीन राहत सामाग्री प्रदान

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्पपीडितलाई आपतकालीन राहत सामाग्री प्रदान

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०
Kumaribank
Metro Mart

सीजी होल्डिङ्स अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेशनद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरूलाई आपतकालीन राहत सामाग्रीहरू प्रदान गरेको छ।

अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको संस्थाले जनाएको छ। संस्थाले उक्त राहत प्याकेज जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई सिधै हस्तान्तरण गरेको थियो । स्वस्फुर्त एवं सक्रिय प्रयासको रुपमा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छापूर्वक १ दिनको तलब उपलब्ध गराइ राहत प्याकेजमा योगदान दिएका छन्।

कठिन समयमा सामूहिक प्रयासको महत्त्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरिएको संस्थाले जनाएको छ। आफूहरुले प्रदान गरेको राहतबाट भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहयोग गर्न महत्त्वपुर्ण भुमिका खेल्ने संस्थाको विश्वास छ।

प्रकाशित: Nov 10, 2023| 13:59 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्