शुक्रबार, असार ६, २०८२

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

 |  शुक्रबार, कात्तिक २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

vianetvianet

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकल ल्याएको छ। कम्पनीले फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टिभिएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायतका विशेषता भएको मोटरसाइकल ल्याएको हो।

यो मोटरसाइकल रेसिङ पफर्मेन्स सुविधासहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीको भनाइ छ। यो मोटरसाइकलले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मुथ र आरामदायी यात्राको सुनिश्चितता दिने कम्पनीको दाबी छ।

मोटरसाइकल सार्वजनिक गर्दै टिभिएस मोटर कम्पनीका कन्टिनेन्ट हेड एम जे ठङ्गाराजनले नेपालमा विशेष प्राथमिकताका साथ दुई तथा तीनपांग्रेका रेन्जहरू उपलब्ध गराइरहेको बताए। नयाँ सार्वजनिक गरिएको मोटरसाइकल नेपाली राइडर्सका लागि वल्र्ड क्लास अफरिङ प्रदान गर्ने उद्देश्यसहित आएको उनको भनाइ थियो।

टिभिएस मोटर कम्पनीका हेड बिजनेस–प्रिमियम विमल सम्ब्लिले नयाँ २०२४ टिभिएस आपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकलले नेपाली बजारमा नयाँ कीर्तिमान स्थापना गर्ने विश्वास व्यक्त गरे। यसमा रहेका नयाँ विशेषता तथा पफर्मेन्सले मूल्यको सही प्रतिफल प्रदान गर्दै नेपाली राइडर्सका लागि उत्सुकता पस्कने उनको भनाइ थियो।

 

प्रकाशित: Nov 10, 2023| 13:57 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्