शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई छुट

होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई छुट

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ। पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन्। रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विश्वास गरे।

सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, पोखरा शाखाका शाखा प्रमुख उज्वलराज शर्मा लगायतको उपस्थिति थियो।

 

प्रकाशित: Nov 10, 2023| 13:54 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्