शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

 |  शुक्रबार, कात्तिक २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

vianetvianet

नेपालको अग्रणी फिनटेकग्रुप एफवान सफ्टग्रुपले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ। ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार ३० लाख रूपैयाँ जम्मा गरेको हो।

कोषमा एफवान सफ्टग्रुप अन्तर्गतका एफवान सफ्ट इन्टरनेसनल, इ–सेवा, फोनपे, इ–सेवा मनी ट्रान्सफर तथा एफवान सफ्टग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन्।

केही दिन अघि गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ। उक्त क्षतिमा आफूहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।

 

प्रकाशित: Nov 10, 2023| 13:53 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्