मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शौर्य सिमेन्टले शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता आयोजना गर्ने

शौर्य सिमेन्टले शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता आयोजना गर्ने

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

शौर्य सिमेन्ट इण्डष्ट्रिजले यस वर्षदेखि शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता- २०८० शुरु गरेको छ।

National life

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिलाहरू सहभागि हुन सक्ने छन्।

प्रतियोगिता  विभिन्न ३ चरणमा सम्पन्न हुने कम्पनीले बताएको छ। पहिलो चरणमा सहभागी हुन चाहने महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेबसाइट र फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन सक्नेछन्।

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका र न।पा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ। फारम बुझाउने अन्तिम मंसिर ८ गतेसम्म रहेको छ। फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि छनौट हुने छन्।

दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा क्यान्भासमा मिथिला चित्रकला कोर्नु पर्ने छ। दोस्रो चरणको प्रतियोगिता भने कम्पनीको उद्योगहातिा भित्र नै सञ्चालन हुने छ।

kumari

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ जना सहभागीहरु चुनिने छन्। यस चरणमा सहभागीहरुले कम्पनीको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्नेछ। त्यसपछि मुल्यांकन निर्णायक समितिले चित्रकलाको मुल्यांकन गरेर सोही अनुरुप पुरस्कृत समेत गरिनेछ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेले २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने कम्पनीले बताएको छ।

 

प्रकाशित: Nov 10, 2023| 13:52 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्